काठमाडौँ । सुनसरीबाट करिब २ करोड रुपैयाँ नक्कली नोट बरामद गरिएको छ ।
चेकजाँचका क्रममा स्कोरपियो गाडीमा राखेर ल्याउँदै गरेको अस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट एक हजार दरका एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको हो ।
ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेर चेकजाँच गर्ने क्रममा उक्त नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीको पछाडीको भागमा ती नोटहरु बोराभित्र झोलामा राखेको अवस्थामा फेला परेको हो ।
नक्कली नोटसहित प्रहरीले एकजना भारतीय नागरिकलाई पनि नियन्त्रणमा लिइएको छ । हाल उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्