Skip to content
LAXMI SUNRISE BANK

नवदुर्गा भवानी बचत तथा ऋण सहकारीद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौं। नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भरतपुरका विभिन्न विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शुक्रबा भरतपु-६, स्थिच श्री मा.वि. इन्द्रपुरीका कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

यस अघि संस्थाले भरतपुर-५, स्थित श्री कैलाशनगर माध्यामिक विद्यालय र श्री राष्ट्रीय मावि तोरीखेतमा आयोजना गरेको थियो ।

शुक्रबार सम्पन्न कार्यक्रममा ९० जना विद्यार्थी सहभागी थिए । संस्थाले आफ्नो कार्यक्षेत्रका सम्पूण विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । स्कूले जीवनदेखिनै वित्तीय साक्षरताको ज्ञान आवश्यक रहने संस्थाका सचिव सचिव रामकृष्ण पौडेलले बताए ।

संस्थाले स्कुल स्कुलमा वित्तीय साक्षरत कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गरेको संस्थाकी उपाध्यक्ष सम्झना शर्माले बताईन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK