×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलद्वारा मधेश र गण्डकी प्रदेशमा फोरजी सेवा थप सुधार

PRIME CA

एनसेलद्वारा मधेश र गण्डकी प्रदेशमा फोरजी सेवा थप सुधार

२८ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। आफ्नो फोरजी सेवाको गुणस्तर अझै सुधार गर्ने कामलाई तिब्रता दिँदै एनसेलले मधेश र गण्डकी प्रदेशका विभिन्न जिल्लाका स्थानिय स्तर र क्षेत्रमा फोरजी नेटवर्क सुधार गरेको छ । यससँगै यी क्षेत्रका ३० भन्दा बढी स्थानका ग्राहकहरूले अव फोरजीको सुदृढ नेटवर्क र मोबाइल ब्रोडब्याण्डबाट फाइदा लिन सक्नेछन् ।

आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने प्रतिवद्धता बमोजिम एनसेलले यी स्थानहरुका फोरजी सेवामा थप सुधार गरेको हो ।

मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानमा फोरजी सेवामा सुधार गरिएको छ, जसले ग्राहकहरूलाई थप सुधारिएको मोबाइल ब्रोडब्यान्ड र कनेक्टिभिटीको पहुँचबाट फाइदा लिन सजिलो बनाएको एनसेलले जनाएको छ । फोरजी सेवामा सुधार भएका क्षेत्रहरुमा औराही, बलवा, बटेश्वर, चन्द्रनगर, जनकपुरधाम, लोहरपट्टी, मटिहानी, मिथिला बिहारी, नहरा, नवराजपुर, पिपरालगायतका स्थानहरु रहेका छन् ।

त्यसैगरी, ग्राहकले अब गण्डकी प्रदेशको आँबूखैरेनी, घरपझोङ, फेदीखोला, पोखरा, पुतलीबजार र ताराखोलामा पनि सुधारिएको फोरजी नेटवर्कबाट फाइदा लिन सक्नेछन् । देशका अन्य स्थानहरुमा पनि सेवाको अवस्था हेरि आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको एनसेलले जनाएको छ । हालैमात्र एनसेलले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा विभिन्न स्थानहरुमा फोरजी सेवा सुधार गरेको थियो ।

सेवा विस्तार र नेटवर्क सुधारसँगै एनसेलले ग्राहकले सुलभ दरमा मोबाइल ब्रोडब्यान्डको पहुँचबाट लाभ लिन सक्ने गरी विभिन्न आकर्षक अफरहरू पनि ल्याइरहेको छ । मंगलबार, एनसेलले तीन वटा डबल मजा प्याकहरू संचालनमा ल्याएको छ । यसमा ग्राहकले प्याकको भ्यालिडिटी समाप्त हुनुअघि फेरी सोही प्याक खरिद गरेमा डबल डेटा बोनस प्राप्तगरी यसको फाइदा लिन सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: