×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलको सेल्फ केयर एपको नयाँ भर्जन संचालनमा, ग्राहकहरुको डिजिटल यात्रा सहज बनाउने उद्देश्य

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनसेलको सेल्फ केयर एपको नयाँ भर्जन संचालनमा, ग्राहकहरुको डिजिटल यात्रा सहज बनाउने उद्देश्य

Artha Sarokar

१४ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनसेलले आफ्नो एनसेल एप अझै परिस्कृत गरि थप ग्राहकमैत्री बनाएको छ । योसँगै ग्राहकले अब विविध जानकारीहरुमा सजिलै पहुँच पाउने भएका छन् । एनसेलले हालै मात्र आफ्नो सेल्फ केयर एपको नयाँ भर्जन संचालनमा ल्याएको छ ।

ग्राहक अनुभव अभिवृद्धि गर्ने र ग्राहकहरुको डिजिटल यात्रा सहज बनाउन सहयोग पुर्याउने कम्पनीको प्रतिबद्धता बमोजिम नेपाली बजारमा नै उपलब्ध स्थानिय सूचना प्रविधि प्रतिभाहरुमार्फत एपलाई अपडेट गरेको जनाईएको छ । ग्राहकहरुले सहजै गुगल प्ले स्टोर र एप स्टोरबाट एनसेल एप डाउनलोड वा अपडेट गर्न सक्नेछन् ।

मुख्य मेनुमा सहजै पुग्न सकिने लगायतका विषेशताका कारणहरुले गर्दा यो भर्सन प्रयोग गर्न सजिलो छ । ग्राहकहरूले एपको प्रयोगगर्दा व्यक्तिगतरुपमा सेवा प्रदान गरिएको अनुभव लिन सक्छन् । यसमा थुप्रै नयाँ निःशुल्क र स:शुल्क गेमहरुको पनि अनलाइन तथा अफलाइन मजा लिन सकिनेछ । ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न एपको होम पेजलाई परिमार्जन गरिएको छ र प्रयोगकर्ताले आफ्नो ईच्छा अनुसार आफ्नो प्रोफाइल बनाएर आफ्नो अकाउन्ट व्यवस्थापन गर्न सक्नेछन् ।

यस भर्सनमा, प्रयोगकर्ताहरूले सजिलैसँग आफ्नो सेवाहरुको प्रयोग कति भएको, लिइएका प्याकहरू, सक्रिय प्याकहरूको अवस्था हेर्न सक्छन् र आफुलाई मनपर्ने प्याकहरुलाई सजिलै आफ्नो पहुँचमा राख्न सक्छन् । मुख्य मेनुमा पाइने द्रुत पहुँचले ग्राहकहरूलाई प्रायः प्रयोग गरिरहने सुविधाहरूमा सहज रूपमा नेभिगेट गर्न सजिलो बनाउँदछ ।

त्यसैगरी यस एपमा थप सुधार गरिएको ग्राहक सेवाले ग्राहकका जिज्ञासाहरु तदारुकताकासाथ सम्बोधन गर्ने कम्पनीले जनाएको छ। छोटा वा लामो अवधिका लागि रोमिङसहित विदेश भ्रमणमा रहेका ग्राहकहरुका लागि पनि यो एप एकदमै सहयोगी रहेको छ । किनकी एपको माध्यमबाट प्रयोगकर्ताले सजिलै रिचार्ज गर्ने र प्याकहरु किन्ने कार्यहरु गर्दै विदेश भ्रमणका बेला पनि सहज रुपमा सम्पर्कमा रहिरहन सक्नेछन् ।

एनसेलले खल्तीसँगको साझेदारीमा दैनिक क्विज बाहेक एनसेलले समान विचार भएका साझेदार र अग्रणी बैंकहरूसँगको सहकार्यमा एनसेल एपमा थप सुविधाहरू थप्ने काम गरिरहेको छ । त्यसैगरी, पीआरबीटी सदस्यतालाई सहज बनाईदै छ र ग्राहकलाई सूचनामा सहज पहुँच प्रदान गर्न एपमा नयाँ तथा लोकप्रिय सामग्री उपलब्ध गराउँन आवश्यक कामहरु भईरहेको छ ।

सजिलै भ्वाइस र डाटा प्याकहरु लिन सकिने, अनलाइन रिचार्ज, मासिक बिल, रिसोर्स ट्र्याकिङ, सेवा सक्रिय वा निष्क्रिय गर्ने, रोमिङ सेवा सुचारु गर्ने लगायत अन्य थुप्रै एपका विद्यमान सेवा, सुविधाहरु हुन् । केही ट्याप गरेको भरमा नै ग्राहकहरूले हालै संचालनमा ल्याइएको कर सहित रु १५० मा मुल्य सुरु हुने डबल मजा प्याक जस्ता सेवाहरू सजिलै सुचारु गर्न सक्नेछन्।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी