×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल मेडिकल कलेजले माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता

PRIME CA

नेपाल मेडिकल कलेजले माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता

६ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल मेडिकल कलेजले भारी मात्रामा विशेषज्ञ चिकित्सक माग गरेको छ । काठमाडौंमा रहेको कलेजले शुक्रबार एक सूचना प्रकाशित गरी विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेको हो ।

कलेज प्रशासनद्वारा प्रकाशित सूचना अनुसार इन्टरनल मेडिसिन, कार्डियोलोजी, पल्मोनोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, क्रिटिकल केयर, एनेस्थेसियोलोजीमा प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरेको हो ।

यस्तैगरी, स्त्री तथा प्रसुति रोग, दन्त रोग, बाल रोग, ट्रान्सप्लान्स फिजिसिएन लगायतका पदहरुमा दरखास्त माग गरिएको छ । कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन दक्ष जनशक्ति थप गर्ने निर्णय अनुसार चिकित्सकहरु माग गरिएको हो ।

योग्यता पुगेका चिकित्सकहरुले इमेल मार्फत आफ्नो व्यक्तिगत विवरणसहित आवेदन दिन सक्नेछन् । दरखास्त दिने अन्तिम दिन फागुन ११ गते रहेको छ । कलेजले दरखास्त दिएका मध्येबाट सर्ट लिस्टमा परेकाहरुलाई अन्तरवार्ताका लागि बोलाउने छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: