×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘दुई प्रतिशतले घट्यो महँगी’- नेपाल राष्ट्र बैंक

PRIME CA

‘दुई प्रतिशतले घट्यो महँगी’- नेपाल राष्ट्र बैंक

२३ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले महँगी घटेको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै महँगी दुई प्रतिशतले घटेको जनाएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार २०८० पुष महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही आवधिमा मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो ।  त्यस्तै, समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७७ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको छ ।

त्यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशतले र अमेरिकी डलरमा २२.६ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.२७३ अर्ब ५२ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु.१८१६ अर्ब ५७ करोड र अमेरिकी डलरमा १३ अर्ब ६९ करोड रहेको छ ।

यता, आयात ३.१ प्रतिशत, निर्यात ७.२ प्रतिशत र कुल वस्तु व्यापार घाटा भने २.६ प्रतिशतले घटेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.६ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

Current Macroeconomic and Financial Situation -Nepali (Based on Six Months' data of 2080.81)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: