Skip to content
LAXMI SUNRISE BANK

नेपाल पुनर्बीमा कम्पनीमा सीईओका लागि दरखास्त माग

अर्थ सरोकार

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त माग गरेको छ । सोमबार एक सूचना जारी गर्दै कम्पनीले रिक्त रहेको सीईओ पदका लागि दरखास्त मागेको हो ।

कम्पनीले सीईओ पदका लागि माग गरेको दरखास्तमा योग्यता पुगेका इच्छुकहरुले आगामी २१ दिनभित्र आवेदन दिन सक्नेछन् । सीईओ पदको पदपूर्ति खुल प्रतियोगिताबाट हुने कम्पनीले जनाएको छ ।

कम्पनीको सीईओका लागि आवेदन दिने व्यक्ति कुनै पनि राजनीतिक दलको सदस्य नरहेको, कम्पनीसँग ठेक्कापट्टा वा कुनै चलअचल सम्पत्तिको कारोबारमा आफैँ वा आफ्नो परिवारको कुनै सदस्यको संलग्नता नभएको वा कम्पनीसँग निजी स्वार्थ नभएको, आफ्नो नाममा व्यक्तिगत बेरुजु बाँकी नरहेको किर्ते, कुनै पनि फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको तथा कुनै पनि कर तिर्न बाँकी बक्यौता नभएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दामोदर भण्डारीलाई दिइएको छ । कम्पनीले जारी गरेको सुचनाः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK