×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बीमा कम्पनीको २० लाख संस्थापक सेयर बिक्री खुला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल पुनर्बीमा कम्पनीको २० लाख संस्थापक सेयर बिक्री खुला

Artha Sarokar

८ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नेपाल पुनर्बीका कम्पनीको संस्थापक सेयर बिक्री खुला गरेको छ । इन्स्योरेन्सले ८ फागुन (मंगलबार)देखि आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले बिक्री खुला गरेको संस्थापक सेयरका लागि नेपाल पुनर्बीमा कम्पनीकै संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । उक्त संस्थापक सेयरका लागि चैत्र १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

आवेदन दिँदा लगानीकर्ताले न्यूनतम मूल्य २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यसअवधिमा संस्थापक सेयरबाट आवेदन नपरेको खण्डमा मात्रै सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ । आवेदन उक्त सेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नक्सालमा पुग्नेगरी पठाउनुपर्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी