×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआई बैंकद्वारा पशुपति मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

PRIME CA

नेपाल एसबिआई बैंकद्वारा पशुपति मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

८ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। नेपाल एसबिआई बैंकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

भारतीय स्टेट बैंकका प्रबन्ध संचालक आलोक कुमार चौधरीद्वारा पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडांमा वृक्षारोपण गरिएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेंन्द्र कान्त, बैंकका सल्लाहकार छपिराज पन्त, बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल तथा बैंकका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

बैंकले पशुपति मन्दिर परिसरमा यस प्रकारका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू नियमित रुपमा गर्दै आएको छ ।

हाल बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: