×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडबीच सम्झौता, केबुलबार चढ्दा १० प्रतिशत विशेष छुट पाइने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडबीच सम्झौता, केबुलबार चढ्दा १० प्रतिशत विशेष छुट पाइने

Artha Sarokar

१९ माघ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड र कालिञ्चोक दर्शनबीच सम्झौता भएको छ । नेपाल मर्चेण्ट बैंकिङ र कालिञ्चोकबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा आज हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा कालिञ्चोक दर्शन लिमिटेडका अध्यक्ष बालकृष्ण शिवाकोटीको उपस्थितिमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले हस्ताक्षर गरेका हुन् ।

उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंकमा डिम्याट खाता खोली डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता र आगामी दिनमा नयाँ डिम्याट खाता खोल्ने नयाँ ग्राहकलाई कालिञ्चोक दर्शन लिमिटेडले सञ्चालन गरेको केबुलबार चढ्दा १० प्रतिशत विशेष छुट प्रदान गर्ने सहमति भएको जनाइएको छ ।

समारोहमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरेका छन् भने कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा राखे । समारोहमा दुईवटै संस्थाका वरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी