काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेपाल टेलिकमको आम्दानी घटेको छ । टेलिकमले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ को दोश्रो त्रैमासको वित्तीय विवरणअनुसार टेलिकमको आम्दानी ३.५८ प्रतिशतले घटेको हो ।
टेलिकमले साउनदेखि पौष मसान्तसम्ममा २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ आम्दानी गरेको छ । जबकी टेलिकमले अघिल्लो वर्षको सोही अवधिमा २२ अर्ब १० करोड ११ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको थियो । अर्थात, टेलिकमको आम्दानीमा गतवर्षभन्दा ७९ करोड १७ लाख ५७ हजार रुपैयाँ कमी आएको छ ।
त्यस्तै, समीक्षा अवधिमा टेलिकमले प्रतिसेयर ४३.६८ रुपैयाँ आम्दानी गरेको छ । यो अवधिमा टेलिकमले १७ अर्ब २४ करोड ६७ लाख रुपैयाँ खर्च भएको जनाएको छ । जसअनुसार टेलिकमलाई ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ मुनाफा भएको छ । टेलिकमले दुर्गममा सेवा विस्तार गर्नुपर्दा खर्च बढेको र सेवा शुल्क दरमा कटौती गर्नुपर्दा आम्दानी घटेको जनाएको छ ।