×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार ९.४४ अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब ५९ करोडमाथिको कारोबार हुँदा नेप्से २०८५.७१ बिन्दुमा

PRIME CA

मंगलबार ९.४४ अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब ५९ करोडमाथिको कारोबार हुँदा नेप्से २०८५.७१ बिन्दुमा

२३ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१५ कम्पनीको ७६ लाख २४ हजार ३ सय ७६ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५९ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज पनि सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ३३ करोड ७६ लाख २ हजार ४ सय ७० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो। यस अलवा गुराँस लघुवित्त वित्तीय संस्था, युनाईटेड अजोड, दोर्दी खोला जल विद्युत, लक्ष्मी उन्नति कोष र ९.५% एनसीसी डेबेञ्चर २०८६ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ३३ करोड ७६ लाख २ हजार ४ सय ७० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा माउनटेन इनर्जी नेपाल, नेपाल रिइन्स्योरेन्स कम्पनी, नेपाल दूरसंचार कम्पनी, हाथवे इन्भेस्टमेन्ट र ङ्गादि ग्रुप पावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः


यस्तै मंगलबारको सेयर बजारमा समलिंग पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । समलिंग पावरमा यस्तो गिरावट आउँदा नेपाल दूरसंचार कम्पनी, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, सानिमा ग्रोथ फण्ड र मिड-सोलु हाइड्रोपावर लिमिटेड मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: