काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १ सय ९९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ६२ करोड ४७ लाख ८५ हजार ३ सय ६८ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलवा कुथेली बुखरी हाइड्रोपावर, त्रिशुली जल विद्युत कम्पनी, दोर्दी खोला जल विद्युत, माया खोला हाइड्रोपावर र अपर सोलु हाइड्रो इलेक्ट्रिकका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ६२ करोड ४७ लाख ८५ हजार ३ सय ६८ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, हिमालयन डिष्टीलरी, एनआइसी एशिया बैंक, हाथवे इन्भेस्टमेन्ट र सगरमाथा जल विद्युत कम्पनीमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा एनआइसी एशिया ग्रोथ फण्ड-२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । एनआइसी एशिया ग्रोथ फण्ड-२ मा यस्तो गिरावट आउँदा गुराँस लघुवित्त, गणपति लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त र एनआइसी एशिया बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्