×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार १५.३३ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्व ५८ करोडमाथिको कारोबार हुँदा नेप्से २१०१.१६ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सोमबार १५.३३ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्व ५८ करोडमाथिको कारोबार हुँदा नेप्से २१०१.१६ बिन्दुमा

Artha Sarokar

२९ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १५.३३ अंकले बढेर २१०१.१६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१४ कम्पनीको १ करोड १ लाख ८ हजार १ सय २२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ५८ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज पनि सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको २३ करोड २ लाख ३५ हजार ४ सय ४९ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल बालाजुका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलवा समाज लघुवित्त वित्तीय संस्था, कुथेली बुखरी स्माल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर, बलेफी हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको २३ करोड २ लाख ३५ हजार ४ सय ४९ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, एनआइसी एशिया बैंक, नेपाल इन्स्योरेन्स, सोनापुर मिनिरल्ल्स एण्ड आयल लिमिटेड र पिपुल्स पावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा एनआइसी एशिया ग्रोथ फण्ड-२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । एनआइसी एशिया ग्रोथ फण्ड-२ मा यस्तो गिरावट आउँदा इमर्जिङ्ग नेपाल, मिड-सोलु हाइड्रोपावर, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-३ र ८.५% एसबिएल डेबेञ्चर २०८४ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी