Skip to content
LAXMI SUNRISE BANK

ओरियन्टल होटलको नाफा ४६ प्रतिशतले बढ्यो, ईपीएसमा पनि सुधार

अर्थ सरोकार

काठमाडौँ । ओरियन्टल होटल लिमिटेडको नाफा बढेको छ । होटलले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार होटलको खुद नाफा ४६.२४ प्रतिशतले बढेको हो । यसअवधिमा होटलले कुल ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी होटलको गत आर्थिक वर्षको सोही अवधिमा खुद नाफा ३ करोड ६५ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा होटलले ५६ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको तुलनामा २७.५७ प्रतिशत बढि हो । यसअवधिमा होटलको सञ्चालन मुनाफा पनि ३५.२१ प्रतिशतले बढेको छ ।

नाफासँगै ओरियन्टल होटलको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा होटलको ईपीएस ३ रुपैयाँले बढेर ९ रुपैयाँ ४८ पैसा पुगेको छ ।

यसअवधिमा होटलको प्रतिसेयर नेटवर्थ ३४२ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९३.३२ गुणा गरहेको छ । हाल होटलको कुल चुक्ता पूँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK