Skip to content
LAXMI SUNRISE BANK

पाही इन्भेष्टमेन्टद्वारा लगानीकर्ता सेयर सचेतना कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौं। पाही इन्भेष्टमेन्टले फागुन २ गते बुधबार सरस्वतीको पूजाको अवसरमा लगानीकर्ता सेयर सचेतना कार्यक्रम गरेको छ । श्रीपञ्चमीका दिन पाही इन्भेष्टमेन्ट प्रा.लि द्वारा विद्याकी देवी अर्थात् सरस्वतीको पूजा–आराधना गरी विविध कार्यक्रमका साथ लगानीकर्ता सेयर सचेतना कार्यक्रम र नि:शुल्क डिम्याट खाता अभियान समेत गरिएको थियो ।

पाही इन्भेष्टमेन्टले सञ्चालन गरेको लगानीकर्ता सेयर सचेतना कार्यक्रम विहान १०ः३० बजे पुल्चोक इन्जिनियर कलेज र ११ बजे थापाथली इन्जिनियर कलेजमा आयोजना गरिएको थियो ।

लगानीकर्ताहरुमाझ सेयर बजारको आधारभूत पक्ष, नेपालको सेयर बजार, कम्पनी विश्लेषण, पोर्टफोलियो व्यवस्थापन तथा प्राविधिक विश्लेषणका बारेमा बुझाईएको थियो। साथै, कार्यक्रममा लगानीकर्ताहरुसँग रहेका सेयर बजारसँग सम्बन्धित विभिन्न समस्या तथा तिनको समाधानका विषयमा अन्तरक्रिया भएको थियो ।

सो कार्यक्रममा पाही इन्भेस्टमेन्टका तर्फबाट अध्यक्ष इन्द देव यादव, पाही इन्भेष्टमेन्टका डाइरेक्टर दुर्गानन्द यादव तथा कार्यकारी निर्देशक कमल घितालले लगानीकर्ता सेयर सचेतना प्रदान गरेका थिए ।

कार्यक्रमको सम्बन्धमा बोल्दै पाही इन्भेष्टमेन्टका अध्यक्ष इन्द देव यादवले सेयर बजार, सम्भावना, चुनौती, डिम्याट, लगानी गर्ने अवसर, पर्खने अवस्था लगायतका विविध विषयमा जानकारी दिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK