Skip to content
LAXMI SUNRISE BANK

युरोपको सपना देखाएर ६ सय बढीलाई ठग्ने सुजन तामाङ पक्राउ

अर्थ सरोकार

काठमाडौँ । युरोप देश पठाउने भन्दै ६ सय भन्दा बढीलाई ठगी गरेको आरोपमा सुजन तामाङ (विकास वाइबा) पक्राउ परेका छन् । तामाङलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङ बालाजुमा रहेको युरो विङ्ग्स एजुकेशन कन्सल्टेन्सीका सञ्चालक हुन् । उनले सोही कन्सल्टेन्सीमार्फत ६ सय भन्दा धेरैलाई युरोप पठाउने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

उनले नेपालीहरुलाई युरोपियन देशहरु माल्टा, पोल्याण्ड, क्रोयशिया र क्यानडा लगायतका देश पठाइदिन्छु भन्दै ठगी गर्ने गरेको खुलेको छ । यसरी युरोपको सपना देखाएर लाखौँ ठगी गरेको भन्दै सयौँ मानिसहरुले उजुरी दिएपछि तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हाल पक्राउ परेका तामाङलाई थप अनुसन्धानका तथा कार्वाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय पठाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK