×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्यासिनो प्यालेसबाट अनलाइन सट्टेबाजी गराउने ९ जना पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

क्यासिनो प्यालेसबाट अनलाइन सट्टेबाजी गराउने ९ जना पक्राउ

१९ माघ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट ९ जना पक्राउ परेका छन् । क्यासिनोमा अवैध रुपमा अनलाईनमार्फत सट्टेबाजी गराएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा तीन जना भारतीय र ६ जना नेपाली नागरिक रहेका छन् ।

क्यासिनोको अण्डर ग्राउण्डमा अनलाइनमार्फत सट्टेबाजी गराएको सूचनाका आधारमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट करिब १ करोड रुपैयाँ बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: