×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोमानिया पठाइदिने भन्दै ५ लाख ७४ हजार ठग्ने श्याम बहादुर भण्डारी पक्राउ

PRIME CA
GLOBAL IME BANK

रोमानिया पठाइदिने भन्दै ५ लाख ७४ हजार ठग्ने श्याम बहादुर भण्डारी पक्राउ

२२ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै ५ लाख ७४ हजार रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलान्चोक जिल्ला तेमाल गाउँपालिका वडा नं. ०१ घर भई हाल काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं. १० बस्ने ३८ वर्षीय श्याम बहादुर भण्डारी रहेका छन् ।

उनले शरण बुढाथोकीलाई आकर्षक तलब सुबिधा हुने प्रलोभन देखाएर रकम ठगी गरेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले माघ १९ गते तारकेश्वर नगरपालिका वडा नं.१० बाट पक्राउ गरेको हो ।

पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: