Skip to content
LAXMI SUNRISE BANK

माल्दिभ्स पठाईदिने भन्दै रकम ठगी गर्ने महिला पक्राउ

अर्थ सरोकार

काठमाडौं। वैदेशिक रोजगारीका लागि विदेश पठाईदिने भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काडाँघारी बस्ने ४३ वर्षीय फूलमाया खत्री पक्राउ परेकी हुन् ।

उनले प्रकाश बुढाथोकीलाई आकर्षक तलबको प्रलोभन देखाएर माल्दिभ्स पठाईदिने भन्दै ४ लाख ४० हजार रुपैयाँ ठगी गरेकी थिइन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काडाँघारीबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी खत्रीलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK