×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीको प्रलोभन देखाएर रकम ठग्ने सन्जन प्रजापती पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैदेशिक रोजगारीको प्रलोभन देखाएर रकम ठग्ने सन्जन प्रजापती पक्राउ

Artha Sarokar

२४ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ कौशलटार बस्ने ३१ वर्षीय सन्जन प्रजापती रहेका छन् ।

उनले राम प्रसाद साह सहित ७ जनालाई क्रोएसिया पठाईदिन्छु भन्दै प्रतिव्यक्ति १२ लाख रुपैयाँ ठगी गरेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले माघ २३ गते कौशलटारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका प्रजापतीलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी