काठमाडौं। वैदेशिक रोजगारीका लागि रसिया पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर जिल्ला उदयपुरगडी गाउँपालिका वडा नं.०९ ध्वासे फुलबारी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयम्भु बस्ने ३० वर्षीय मिलन तामाङ रहेका छन्।
तामाङले गणेश बिसी सहित दुई जनालाई आकर्षक तलब हुने प्रलोभनमा परेर विदेश पठाईदिने भन्दै एक लाख ६५ हजार रुपैयाँ ठगी गरेका थिए। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले माघ २ गते सामाखुसीबाट पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्