Skip to content
LAXMI SUNRISE BANK

करिब १ किलो सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब एक किलो अवैध सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर रहेका छन् ।

सोमबार राती फ्लाई दुबईको उडानमार्फत दुबईबाट नेपाल आएका गफुरले ८ सय ५५ ग्राम सुन अर्धठोस बनाएर नेपाल ल्याएका थिए । शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त सुन बरामद गरिएको त्रिभुवन विमानस्थल प्रहरीले जनाएको छ ।

पक्राउ परेका गफुरलाई थप अनुसन्धान र कार्वाहीका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK