×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोर्चुगल लगायतका देश पठाईदिने भन्दै ६ लाख ८८ हजार ठग्ने विजय राई पक्राउ

PRIME CA
GLOBAL IME BANK

पोर्चुगल लगायतका देश पठाईदिने भन्दै ६ लाख ८८ हजार ठग्ने विजय राई पक्राउ

८ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । वैदेशिक रोजगारीका लागि पोर्चुगल लगायतका देश पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३२ काँडाघारी बस्ने ३३ वर्षीय विजय राई रहेका छन् ।

उनले आकर्षक तलबको प्रलोभनमा पारेर पोर्चुगल, दुबई, साउदी अरब र रोमानिया पठाईदिन्छु भन्दै ६ लाख ८८ हजार ठगी गरेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले फागुन ६ गते पक्राउ गरेको हो ।

पक्राउ परेका राईलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: