Skip to content
LAXMI SUNRISE BANK

डर, त्रास तथा धम्की दिई ५० लाख माग्ने दुई जना पक्राउ

अर्थ सरोकार

काठमाडौं। डर, त्रास तथा धम्की दिई ५० लाख रुपैयाँ माग्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका-१ बस्ने ३६ बर्षीय हृदयराज बोगटी उपनाम विश्वजित बटला तथा नुवाकोट ककनी नगरपालिका-३ बस्ने ३६ बर्षीय नरहरि ढुङगाना उपनाम रमेश रहेका छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा फागुन ६ गते चन्द्रगिरि नगरपालिका-९ मच्छेगाउँबाट पक्राउ गरेको हो ।
उनीहरुले योजनाबद्ध तरिकाले पीडितलाई पटक-पटक फोनमार्फत तथा प्रत्यक्ष भेट गरी धम्की तथा त्रास देखाई ५० लाख मागेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट मोटरसाइकल (सु.प.प्र.-०१००९ प ६६१०) एक थान, विभिन्न कम्पनीका मोबाइलहरु चार थान तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सहयोग रसिद एक ठेली बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK