Skip to content
LAXMI SUNRISE BANK

पोर्चुगल पठाईदिन्छु भन्दै १७ लाख ६० हजार ठग्ने एक जना पक्राउ

अर्थ सरोकार

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नं.०४ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. २६ मित्रनगर बस्ने २३ वर्षीय टिका बहादुर भण्डारी रहेका छन् ।

उनले दुई जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाईदिन्छु भन्दै १७ लाख ६० हजार रुपैयाँ ठगी गरेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले फागुन ८ गते मित्रनगरबाट पक्राउ गरेको हो।

पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK