काठमाडौँ । धनुषामा व्यापारीको ३१ थान मोबाइल र २ लाख रुपैयाँ ठगी गर्ने दुई जना प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय धनुषमा कार्यरत सहायक हवल्दार दीपेन्द्र कुमार राज र जवान रोशन कुमार यादव रहेका छन् ।
उनीहरुले जनकपुरका एक व्यापारीसँग ८ गते ३१ थान मोबाइल खरिद गरेका थिए । पछि उक्त मोबाइल फिर्ता गर्ने भन्दै उनीहरुले ती व्यापारीसँग दुई लाख रुपैयाँसमेत लिएका थिए ।
तर, त्यसपछि उनीहरुले न ती मोबाइल फिर्ता गरे न रकम । पटकपटक माग गर्दा पनि मोबाइल र नगद केही फिर्ता नगरेपछि बाध्य भएर ती पीडित व्यापारीले प्रहरीले उजुरी दिएका थिए । सोही उजुरीका आधारमा दुईजना प्रहरीलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय मधेसले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट ३१ थान मोबाइल र दुई लाखमध्ये ९५ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
हाल पक्राउ परेका प्रहरीहरुविरुद्ध आपराधिक विश्वासघात र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्