काठमाडौं । वैदेशिक रोजगारीका लागि रसिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नागार्जुन वडा नं. १ बस्ने ३० वर्षीय सयन्द्र राई र ललितपुर महानगरपालिका वडा नं. २६ ढोलाहिटी बस्ने ३६ वर्षीय सबिन कुमार राई रहेका छन् ।
उनीहरुले शेर बहादुर तुम्बापोलाई रसिया पठाईदिने भन्दै ६ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले फागुन ११ गते कलंकीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्