×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पशुपतिनाथ मन्दिरको २३१ रोपनी जग्गा गायब !

PRIME CA

पशुपतिनाथ मन्दिरको २३१ रोपनी जग्गा गायब !

१८ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । देशकै प्रमुख शक्तिपिठ पशुपतिनाथ मन्दिरको २३१ रोपनी जग्गा गायब पारिएको पाइएको छ । पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्ष मिलन कुमार थापाको संयोजकत्वमा गठन गरिएको छानबिन समितिले बुझाएको प्रतिवेदनले पशुपतिनाथको २३१ रोपनी १० आना जग्गा गायब भएको खुलासा गरेको हो ।

प्रतिवेदनका अनुसार पशुपतिनाथको नाममा उपत्यकाभित्र मात्रै बागमतीदेखि मनहरा नदी बगरसम्मका २३१ रोपनी १० आना जग्गा गायब पारिएको छ ।

यति ठूलो मात्रामा पशुपतिको जग्गा गायब पारिएको विषयमा स्वयम् पशुपति क्षेत्र विकास कोष नै मौन छ । अहिले गायब पारिएको पशुपतिनाथ मन्दिरको जग्गा फिर्ता ल्याउने कसरतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती लागी परेका छन् । उनले ती जग्गा कित्ता नापी महाशाखा, नापी कार्यालय र उपत्यकाका तीन वटै मालपोट कार्यालय र कोषका प्रतिनिधिसहितको समिति बनाएर खोजिने बताएका छन् ।

यसो त पशुपतिनाथ मन्दिरको नाममा देशभर १८ हजार ८ सय ८२ रोपनी १४ आना जग्गा रहेको प्रतिवेदनले देखाएको छ । जसमध्ये विभिन्न मितिमा गरी ठूलो मात्रामा पशुपतिनाथको जग्गा गायब पारिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: