×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोल र डिजेल ४ रुपैयाँले महँगियो, ग्याँसमा १५ रुपैयाँ वृद्धि

PRIME CA

पेट्रोल र डिजेल ४ रुपैयाँले महँगियो, ग्याँसमा १५ रुपैयाँ वृद्धि

१८ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार मध्यरातिदेखि देखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको हो ।

बुधबार बेलुकी बसेको निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो ।

निगमका अनुसार डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । त्यस्तै, खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: