×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कार्यसम्पादनका आधारमा पोखरा महानगर सबैभन्दा कमजोर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कार्यसम्पादनका आधारमा पोखरा महानगर सबैभन्दा कमजोर

Artha Sarokar

१० फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कार्यसम्पादन शैलीमा पोखरा महानगरपालिका देशभरमै कमजोर देखिएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको अनुसन्धानअनुसार देशभरका ६ महानगरमध्ये पोखरा महानगर सबैभन्दा कमजोर देखिएको हो ।

समयमा बजेट पेश गरे/नगरेको, घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई मासिक रुपमा ४० प्रतिशत दिए/नदिएको लगायतका कामका आधामा गरिएको मूल्यांकनका आधारमा पोखरा सबैभन्दा कमजोर देखिएको हो ।

वित्त आयोगले आगामी वर्ष वित्तीय समानीकरणको रकम हस्तान्तरणका लागि यस्तो मूल्यांकन गर्ने गर्दछ । जसअन्तर्गत धेरै अंक पाउनेले धेरै रकम पाउँछ भने कम अंक पाउनेले कम रकम पाउँछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी