×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरामा पाँच तलामाथिको घरमा लिफ्ट अनिवार्य !

PRIME CA
GLOBAL IME BANK

पोखरामा पाँच तलामाथिको घरमा लिफ्ट अनिवार्य !

१५ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पोखरामा पाँच तलामाथिको घरमा लिफ्ट अनिवार्य राख्नुपर्ने भएको छ । भवन तथा पूर्वाधार मापदण्ड प्रकाशित गर्दै पोखरा महानगरपालिकाले महानगरभित्र बन्ने सबै खाले पाँच तलामाथिको घरमा लिफ्ट अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको हो ।

योसँगै अब पोखरा महानगरपालिकाभित्र पाँच तलामाथिको घर बनाउँदा अनिवार्य रुपमा लिफ्ट राख्नुपर्नेछ । लिफ्ट सम्बन्धी अन्य व्यवस्था राष्ट्रिय भवन संहिता अनुसार हुने महानगरले जनाएको छ ।

यसो त पोखरा महानगरपालिकाले पोखरा महानगरपालिकामा पाँच तलाभन्दा अग्लो घर बनाउन नपाईने नियम लागू गरिसकेको छ । तर, पाँच तलाभन्दा अग्लो घर बनाउनुपरेमा माटो परीक्षणसहित संरचनात्मक योजनाको प्रतिवेदन पेश गर्नुपर्नेछ भने यो प्रक्रिया साह्रै झन्झिटिलो छ ।

हाल पोखरा महानगरपालिकाले लेकसाइडमा साढे २ तला र त्यसबाहिरका सबै ठाउँमा ५ तलासम्मको घर बनाउन पाउने व्यवस्था गरेको छ । त्यस्तै, महानगरभित्र बन्ने सबै घरहरुमा अनिवार्य रुपमा हरियो रङ्ग लगाउनुपर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: