×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जवानदेखि खेलाडीसम्म प्रहरीमा खुल्यो ठूलो संख्यामा जागिर 

PRIME CA

जवानदेखि खेलाडीसम्म प्रहरीमा खुल्यो ठूलो संख्यामा जागिर 

२६ माघ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल प्रहरीले ठूलो संख्यामा जागिर खुलाएको छ । प्रहरीले जवान, भान्छे, हजाम, कुचिकार र खेलाडीका लागि ठूलो संख्यामा जागिर खुलाएको हो । 

शुक्रबार एक सूचना जारी गर्दै नेपाल प्रहरीले प्रहरी जवान पदमा मात्रै १ हजार ८ सय ५६ जनाका लागि भर्ना खुलाएको छ । 

त्यस्तै, प्रहरीले भान्छे ५३ जना, ७ जना हजाम, २० जना कुचिकार र १४ जना खेलाडीका लागि पनि भर्ना खुलाएको छ । खेलाडीमा प्रहरीले एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधाका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाल प्रहरीले दरखास्त आह्वान गरेको विभिन्न पदमा फागुन २ गतेदेखि चैत्र ९ गतेसम्म आवेदन दिन सकिनेछ । जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि सातै प्रदेशका प्रदेश प्रहरी केन्द्र र काठमाडौँका तीन जिल्लासहित सबै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त बुझाउ सकिनेछ । खेलाडीहरुका लागि भने काठमाडौँको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मात्रै दरखास्त बुझाउनुपर्नेछ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: