Skip to content
LAXMI SUNRISE BANK

तस्विरमा हेर्नुहोस् प्रजातन्त्र दिवसको झलक…

अर्थ सरोकार

काठमाडौं। प्रजातन्त्र दिवस २०८० को अवसरमा सोमबार नेपाली सैनिक मञ्च टुँडिखेलमा विशेष  समारोहको आयोजना गरिएको छ। समारोहमा राष्ट्रिय गान प्रस्तुति, झण्डोत्तलन, ज्ञात-अज्ञात सहिदप्रति मौनधारण गरिएको थियो ।

सो अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० अङ्कित ब्यानर प्रदर्शन गरी पुष्पवृष्टि एवं बेलुनहरू उडाइएको थियो । साथै शान्तिका प्रतीक परेवा उडाइएको थियो भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलद्वारा ‘मार्चपास’ र ‘ब्याण्ड’ प्रस्तुत गरिएको थियो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसदहरू, संवैधानिक निकायका प्रमुख र पदाधिकारी, नेपाल सरकारका उच्चाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, समाजका विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK