×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म सक्रिय छु’ : प्रधानमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म सक्रिय छु’ : प्रधानमन्त्री

Artha Sarokar

१ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका  नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइरहेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।
भेटमा प्रधानमन्त्री दाहालले भने, ‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु । लाखौँ बचतकर्ता ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छु । तपाईहरूको सुझाव पनि म हेर्छु । यो समस्या जतिसक्दो चाँडो टुङ्ग्याउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी