×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रविको प्रश्न- ‘सहकारी ठगलाई कार्वाही गर्न कसले रोक्यो ?’

PRIME CA

रविको प्रश्न- ‘सहकारी ठगलाई कार्वाही गर्न कसले रोक्यो ?’

२४ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगलाई कार्वाही गर्न कसले रोक्यो ? भन्दै संसदमै प्रश्न गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लामिछानेले सरकारी जग्गा हिनामिना तथा सहकारी ठगी लगायतका विषयमा सबै थाहा हुँदा हुँदै पनि किन कार्वाही नगरेको भन्दै प्रश्न गरेका हुन् ।

‘कुरा सुन्दा थाहा नभएको केही पनि पाइएन, सबै थाहा रहेछ । कहाँ व्यथिति भयो ? कहाँ विसंगती भयो ? सबै कुरा थाहा रहेछ । सबै थाहा हुँदहुँदै पनि कार्वाही चाहिँ किन नगरेको ?’, उनले प्रश्न गरे ।

त्यस्तै, रविले सहकारी ठगी, सरकारी जग्गा हिनामिना लगायतका प्रकरणमा यथाशिघ्र छानविन गर्न माग गर्दै अनुसन्धानमा सघाउन आफू र आफ्नो पार्टी तयार रहेको पनि बताएका छन् ।

योसँगै उनले सहकारी र लघुवित्तहरुको कडा नियमन र पीडितहरुको रकम फिर्ता गर्न, पीडकको सम्पत्ति रोक्का र जफत गर्नुपर्ने र त्यसका लागि सर्वदलीय बैठक बसेर आवश्यक छलफल र निर्णय गर्नुपर्ने पनि बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: