काठमाडौँ । पश्चिम नवलपरासीस्थित रामग्राम क्षेत्रको जग्गा निजी कम्पनीलाई लिजमा दिने सम्झौता खारेज भएको छ । रामग्राम क्षेत्रको १२० बिघा जग्गा निजी कम्पनीलाई ९९ वर्षका लागि लिजमा दिनेगरी लुम्बिनी विकास कोषले गरेको सम्झौता खारेज भएको हो ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको निर्देशनमा संस्कृतिमन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको कोषको बैठकले उक्त सम्झौता खारेज गरेको हो ।
यसअघि कोषका उपाध्यक्ष ल्हारक्याल लामाले रामग्राम क्षेत्रको जग्गा ९९ वर्षका लागि निजी कम्पनीलाई सुम्पिनेगरी गत असोज २९ गते प्रमिस्ड ल्यान्डसँग सम्झौता गरेका थिए । तर, कोषले गरेको उक्त सम्झौता कानुनविपरीत र सम्पदाको हितविपरीत भएको पाइएपछि उक्त सम्झौता खारेज गरिएको हो ।
रामग्राम क्षेत्र विश्व सम्पदा सूचीमा पर्ने सम्भावित स्थान पनि हो । यहाँ गौतम बुद्धको महापरिनिर्माणप्रश्चात अस्थिधातुका आठ भागमध्ये एक भाग रहेको विश्वास रहिआएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्