काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र अम्बाथानसम्म दबाब यात्रा गर्ने भएको छ । आयोजना समयमा पूरा नभएको र दीर्घकालीन हितमा नभएको भन्दै रास्वपाले दबाब यात्रा गर्न लागेको हो ।
यात्रा आइतबार बिहान १० बजे मेलम्ची नगरपालिका–११ स्थित परियोजनाको कार्यालयबाट सुरु हुने रास्वपाले जनाएको छ । पार्टीका अनुसार यात्राको नेतृत्व सांसद सोबिता गौतमले गर्नेछिन् ।
यात्राको सुरुवात पार्टी सभापति रवि लामिछानेले ब्यानर हस्तान्तरण गरेर हुने रास्वपाले जनाएको छ । रास्वपाका अनुसार मेलम्चीको मुहानसम्मको दबाब यात्रा करिब २४ किलोमिटरको हुनेछ । रास्वपाले यसअघि पुष ९ गतेदेखि ११ गतेसम्म नारायणगढ–बुटवल ११३ किलोमिटर सडक खण्डमा दबाब यात्रा गरेको थियो ।
रास्वपाले माघ २१ गतेदेखि चैत्र २१ गतेसम्म प्रत्येक प्रदेशका तीन–तीनवटा रुग्ण र अलपत्र आयोजनामा दबाब यात्रा गरिने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्