×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

PRIME CA
GLOBAL IME BANK

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

१ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा माघ २९ गते कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।
सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० को सहायक कम्पनी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेड सहितको एकिकृत वित्तीय विवरणहरु, लेखापरीक्षकको नियुक्ती सम्बन्धी प्रस्तावहरु पारित गरेको छ । साथै, सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिसत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ ।
वार्षिक साधारणसभाबाट कम्पनीमा पहिलो पटक सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालकहरु डा. भिष्म कार्की र दिवेश लोहनी निर्विरोध निर्वाचित भएका छन् ।
यसै वर्ष सर्वसाधारणमा प्रिमियममा सेयर जारी गरेको कम्पनीको कम्पनीको चुक्ता पुँजी रु. ४ अर्व ६४ करोड पुरा भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: