Skip to content
LAXMI SUNRISE BANK

आरएसडिसी लघुवित्तद्वारा ‘लघुवित्तको सफलताका लागि कर्मचारी सशक्तिकरण’ कार्यक्रमको आयोजना

अर्थ सरोकार

काठमाडौं। आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले एक दिने ‘लघुवित्त वित्तीय संस्थाको सफलताका लागि कर्मचारी सशक्तिकरण’ कार्यक्रमको आयोजना गरेको छ । लघुवित्तले आफ्ना साझेदार लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख र कर्जा लगानी तथा असुली विभाग अन्तर्गत कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको हो ।

उक्त तालिम बुटवल स्थित सिद्धार्थ कटेजमा आयोजना गरिएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडेलद्वारा प्रशिक्षित उक्त तालिम लघुवित्तको वर्तमान अवस्था र चुनौतीको सामना, असल ग्राहक सम्बन्ध र कर्जा व्यवस्थापन, कर्मचारी उत्प्रेरणा, नेतृत्व विकास र बैंकिङ कसुर र परिणामको विषयमा केन्द्रित रहेको थियो ।

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले ग्राहक संरक्षण कोष अन्तर्गत विगत देखि नै आफ्ना साझेदार संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लक्षित गरी विभिन्न किसिमका तालिम कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ र भविष्यमा समेत यस प्रकारका क्षमता अभिवृद्धि कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK