काठमाडौं। आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले एक दिने ‘लघुवित्त वित्तीय संस्थाको सफलताका लागि कर्मचारी सशक्तिकरण’ कार्यक्रमको आयोजना गरेको छ । लघुवित्तले आफ्ना साझेदार लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख र कर्जा लगानी तथा असुली विभाग अन्तर्गत कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको हो ।
उक्त तालिम बुटवल स्थित सिद्धार्थ कटेजमा आयोजना गरिएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडेलद्वारा प्रशिक्षित उक्त तालिम लघुवित्तको वर्तमान अवस्था र चुनौतीको सामना, असल ग्राहक सम्बन्ध र कर्जा व्यवस्थापन, कर्मचारी उत्प्रेरणा, नेतृत्व विकास र बैंकिङ कसुर र परिणामको विषयमा केन्द्रित रहेको थियो ।
आरएसडिसी लघुवित्त वित्तीय संस्थाले ग्राहक संरक्षण कोष अन्तर्गत विगत देखि नै आफ्ना साझेदार संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लक्षित गरी विभिन्न किसिमका तालिम कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ र भविष्यमा समेत यस प्रकारका क्षमता अभिवृद्धि कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्