काठमाडौँ । नेकपा एमालेले सहकारीको समस्या यथाशीघ्र समाधान गर्न सबै तहका सरकारको ध्यानाकर्षण गराएको छ । राजधानीस्थित पार्टी कार्यालयमा सोमबार पत्रकार सम्मेलन गर्दै एमाले नेताहरुले करिब ३२ हजार सहकारी संस्थामध्ये केहीले सिद्धान्त, मूल्य र मान्यता बाहिर गएर गरेको कामले बचतकर्ताहरु समस्यामा परेको भन्दै समाधान गर्न ध्यानाकर्षण गराएका हुन् ।
पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा एमाले नेता खगराज अधिकारी र परितोस पौडेलले सरकारले तत्काल ध्यान दिनुपर्ने भनाइ राखे । सहकारी क्षेत्रमा हाल देखिएका समस्या मूलतः प्रणालीले दिएको अवसर माथि टेकेर गरिएको अभ्यासले सृजना भएका भन्दै जनताको बचतको रक्षाको दायित्व सरकारको भएको उनीहरुले बताए ।
नेता अधिकारीले सहकारी जनआधारित अर्थतन्त्र भएकाले सहकारी क्षेत्रमा आएको संकटलाई सरकारले नदेखेजस्तो गर्न नहुनेमा जोड दिए ।
उनीहरुका अनुसार सरकारी पक्षको उदासीनता र लापरवाहीले सहकारी अभियानमा देखिदै गएको समस्या जटिलता तिर बढेको भन्दै त्यसैले सहकारी क्षेत्रलाई यसको सिद्धान्त, मूल्य र मान्यता र निष्ठाअनुसार चलाउनको लागि नीतिगत हस्तक्षेप गर्नु अनिवार्य भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्