काठमाडौँ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी राई) र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमाथि छानबिन सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थासँगै देशभरका विभिन्न सहकारीमा भएको अरबौँ हिनामिना प्रकरणमा सम्पत्ति शुद्धिकरणले राई र लामिछानेमाथि अनुसन्धान सुरु गरेको हो ।
अनुसन्धानको पहिलो चरणमा विभागले २० वटै वाणिज्य बैंकसँग रामिछाने र राईसँग सम्बन्धित सम्पूर्ण बैंकिङ विवरण माग गरेको छ । विभाग स्रोतका अनुसार माग गरिएअनुसारको विवरण बैंकहरुले उपलब्ध गराईसकेका छन् । सोही विवरणका आधारमा विभागले थप छानविन अघि बढाएको छ ।
बचतकर्ताको अरबौँ हिनामिना प्रकरणमा जिबी राईसहित उनको समूहविरुद्ध उजुरी दिने क्रम बढेपछि विभागले पनि अनुसन्धान थालेको हो ।
सोही क्रममा पोखराको सूर्यदर्शन सहकारीका पीडितहरुले सहकारीबाट ऋण लिएर अपचलन गरेको आरोपमा गोर्खा मिडियाका तत्कालीन प्रबन्धक निर्देशक रवि लामिछानेसहित तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित १८ जनाविरुद्ध जाहेरी दिएका छन् । बचतकर्ताले दिएको जाहेरीका आधारमा सहकारी ठगी प्रकरणमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्