काठमाडौं। कार्यसम्पादन मुल्यांकनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशभरकै प्रथम बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन मुल्यांकनमा सन्धिखर्क प्रथम भएको हो ।
देशभरका सात सय ५३ स्थानीय तहमध्ये सन्धिखर्कले ६१.८१ अंक प्राप्त गरी पहिलो भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।
स्थानीय तहलाई संघीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदानअन्तर्गत कार्यसम्पादन मुल्यांकनका आधारमा अनुदान सिफारिसका लागि आयोगले कार्यसम्पादन मुल्यांकन गर्ने गर्दछ ।
कार्यसम्पादन मुल्यांकन गर्दा आयोगले स्थानीय तहसँग तथ्याङ्कहरू मागेर त्यसको आधारमा र उपलब्ध तथ्य सही वा गलत भएको प्रामाणित गरेर सोही आधारमा अंक प्रदान गरिन्छ । गत आर्थिक वर्षमा सन्धिखर्क नगरपालिका देशभरमै आठौँ स्थानमा पर्न सफल भएको थियो ।
चितवनको भरतपुर महानगरपालिका ५६.२९ अंकसहित दोस्रो र गुल्मीको मालिका गाउँपालिका ५५.४० अंकसहित तेस्रो भएका छन् । त्यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ५३.८४ अंकसहित चौथो, सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका ५३.७६ अंकसहित पाँचौँ, गुल्मीको चन्द्रकोट गाउँपालिका ५२.५७ अंकसहित छैटौँ, अर्घाखाँचीको छत्रदेव गाउँपालिका ५०.४४ अंकसहित सातौँ, गुल्मीको रेसुङ्गा नगरपालिका ५०.०३ अंकसहित आठौँ, सिन्धुपाल्चोककै पाँचपोखरी थाङ्पाल गाउँपालिका ४९.३६ अंकसहित नवौँ र प्युठानको सरुमारानी गाउँपालिका ४९.१९ अंकसहित १०औँ भएका छन् ।
प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्यांकन कार्यविधि २०७८ को दफा ७ अनुसार कार्यसम्पादन मूल्यांकन गरी अंक प्रदान गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्