×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्यान्सर पीडित न्यौपानेको सहयोगार्थ ‘सपनाका लहरहरु-२’ कृति बिक्री अभियान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

क्यान्सर पीडित न्यौपानेको सहयोगार्थ ‘सपनाका लहरहरु-२’ कृति बिक्री अभियान

Artha Sarokar

७ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देवदहमा माघ २५ गते देखी आयोजित आठौं औधोगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०८० सञ्चालन भइरहेको छ । महोत्सवको प्रांगणमा ‘क्यान्सरको कालो विरूद्ध उज्यालो’ लेखिएको ब्यानरमा केहि युवाहरू पुस्तक बिक्री गरिरहेका छन् ।

सामाजिक रुपान्तरण, सभ्य समाज र आदर्श नागरिक निर्माणर्थ ‘समाजको पारदर्शीता, साहित्य र पत्रकारीता’ भन्ने मुल नारा बोकेर स्थापित संस्था उज्यालो लाल्टिन प्रतिष्ठानले क्यान्सर रोगका विरुद्ध लडिरहेका एक योद्धा कवि नवराज न्यौपानेको सहयोगार्थ देवदह महोत्सवमा ‘सपनाका लहरहरू-२’ कृति बिक्री अभियान संचालन गरेको छ ।

काभ्रे निवासी कवि नवराज न्यौपाने लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेको र क्यान्सरसँग लड़िरहदा अस्पतालको बेडबाटै उनले लेखेको पुस्तक सपनाका लहरहरू-२ प्रकाशित भएको थाहा पाएपछि कवि न्यौपानेलाई सानो नै भएपनि सहयोग गर्नुपर्छ भन्ने उद्धेश्यले पुस्तक बिक्री ‘अभियान संचालन गरिएको प्रतिष्ठानका अध्यक्ष सागर भट्टराईले बताए ।

शुक्रबारदेखि सुरू गरिएको अभियानमा १२० भन्दा बढि पुस्तक बिक्री भएको र पुस्तक बिक्री गरी सबै रकम कवि न्यौपानेको उपचारको लागि पठाईने अध्यक्ष भट्टराईले जानकारी दिए ।

प्रतिष्ठानका संस्थापकअध्यक्ष सोतन्त्र नेपालले जीवनको कठिनभन्दा कठिन समयमा पनि एउटा कविले कसरी आफुलाई सम्हाल्छ र सपनाहरू बुनिरहन्छ भन्ने उदाहरण कवि न्यौपाने रहेको र उनलाई सहयोग गर्नु हामी सबैको दायित्व हुने बताए ।

पुस्तकको मूल्य ५०० रहेको र ईसेवाबाट भुक्तानी गरेको अवस्थामा पनि प्रतिष्ठानका सदस्यले पुस्तक हातमा पुर्याईदिने अभियानले जनाएको छ ।

२०७३ सालमा स्थापना भएको उज्यालो लालटिन प्रतिष्ठानले देवदहमा एम्बुलेन्स संचालन गर्नुका साथै विभिन्न सामाजिक कार्यमा आफुलाई सक्रिय गराउँदै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी