काठमाडौँ । सर्वोत्तम सिमेन्टले फागुन १३ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर आईपीओ जारी गर्न लागेको हो । जसमा यसअघि प्रभावित क्षेत्रका स्थानीयका लागि जारी गरिएको आईपीओमा आवेदन नपरेको ६ लाख ८१ हजार ५ सय ३० कित्ता सेयर पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेको नेपाली प्रभावित क्षेत्रका स्थानीयका लागि जारी गरेको आईपीओ बाँडफाँडपछि सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।
बुक बिल्डिङ विधिबाट जारी गर्ने कम्पनीको आईपीओमा सर्वसाधारणले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । फागुन १३ गते जारी हुने आईपीओमा छिटोमा फागुन १६ र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि कम्पनीले इक्रा नेपालद्वारा इक्राएनपी इस्यूअर रेटिङ त्रिपल बी प्राप्त गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्न सक्ने क्षमता मध्यम रहेको देखाउँछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्