काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि रिक्त रहेको बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले दरखास्त आह्वान गरेको हो । योसँगै इच्छुक तथा योग्य नेपाली नागरिकले फागुन ३० गतेसम्म आवेदन दिन सक्ने बोर्डको अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिले जनाएको छ ।
समितिका अनुसार बोर्डको अध्यक्ष नियुक्तिका लागि तयार पारिएको ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि, २०८०’ अनुसार नै दरखास्त आह्वान गरिएको हो ।
बोर्डको अध्यक्षका लागि आवेदन दिने व्यक्ति मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर पास गरी धितोपत्र व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्नेछ ।
त्यस्तै, समितिले बोर्डको अध्यक्ष नियुक्तिका लागि कुल पूर्णाङ्क १०० तोकेको छ । जसअन्तर्गत व्यावसायिक कार्ययोजनामा ४० अंक, शैक्षिक योग्यतामा १२ अंक, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणमा १८ अंक र अन्तर्वार्तामा ३० अंक भार विभाजन गरिएको छ । यस्तो छ समितिले तयार पारेको अध्यक्ष नियुक्तिको कार्यविधिः
1709021460_कार्यविधी पूर्ण
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्