काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१३ कम्पनीको ७७ लाख ३२ हजार २ सय ३४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८४ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको २४ करोड ८२ लाख ६८ हजार ३८ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलवा समाज लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, एशियन हाइड्रोपावर र पिपुल्स पावर लिमिटेडका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको २४ करोड ८२ लाख ६८ हजार ३८ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, ङ्गादि ग्रुप पावर, हाथवे इन्भेस्टमेन्ट नेपाल, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड र युनाईटेड मोदी हाइड्रोपावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा ९.५% एनसीसी डेबेञ्चर २०८६ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको हो । ९.५% एनसीसी डेबेञ्चर २०८६ मा यस्तो गिरावट आउँदा युनाईटेड अजोड इन्स्योरेन्स, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, ९% नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-३ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्