×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जापानिज सेयर बजारमा नयाँ रेकर्ड, ‘निक्केई २२५’ ३५ वर्षयताकै उच्च बिन्दुमा, बजार अझै माथि जाने संकेत !

अर्थ सरोकार

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार

PRIME CA

जापानिज सेयर बजारमा नयाँ रेकर्ड, ‘निक्केई २२५’ ३५ वर्षयताकै उच्च बिन्दुमा, बजार अझै माथि जाने संकेत !

काठमाडौँ । जापानको सेयर बजारले नयाँ रेकर्ड बनाएको छ । बिहीबार जापानको सेयर बजार मापक ‘निक्केई २२५’ ३५ वर्षयताकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको हो ।

बिहीबार ‘निक्केई २२५’ ८३६.५२ अंकले बढेर ३५ वर्षयतकै सर्वाधिक ३९,०९८.६८ बिन्दुमा पुगेको छ । आज २.१९ प्रतिशतले बढेको ‘निक्केई २२५’ले यसअघिको सर्वाधिक ३८९१५.८७ बिन्दुलाई ब्रेक गरेको छ ।

जापानको सेयर बजार एशियाकै दोस्रो पूरानो सेयर बजार हो । जापानमा सन् १९७८ मा सेयर बजारको स्थापना भएको थियो । हाल जापानको सेयर बजारमा देखिएको बढोत्तरी अझै माथि जाने जानकारहरु बताउँछन् । जापानमा केही समयअघि मात्रै अर्थ सरोकारले सेयर शिक्षा कार्यक्रमा आयोजना गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: