×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीको एसपिए कलेजमा ‘सेयर बजार सम्बन्धी साक्षात्कार कार्यक्रम’ सम्पन्न  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

धनगढीको एसपिए कलेजमा ‘सेयर बजार सम्बन्धी साक्षात्कार कार्यक्रम’ सम्पन्न  

Artha Sarokar

६ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ‘सेयर बजार सम्बन्धी साक्षात्कार कार्यक्रम’ सम्पन्न भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमी र भिजन सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ३४)को आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । 

कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा रहेका सेयर गुरु सुवासचन्द्र भट्टराईले सहभागी विद्यार्थीहरुलाई सेयर बजारबारे जानकारी दिएका थिए । साथै, विद्यार्थीहरुलाई प्राथमिक सेयर (आईपीओ) भर्न सिकाएको भट्टराईले जनाएका छन् । 

कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको थियो । सेयर बजारबारे आयोजना गरिएको उक्त कार्यक्रम लाभदायक रहेको विद्यार्थीहरुले बताएका छन् । 

भिजन सेक्युरिटिज प्रा.लिकै आयोजनामा धनगढीकै ओम प्यालेसमा लगानीकर्ता सचेतना कार्यक्रम पनि सम्पन्न गरिएको छ । जहाँ सहभागीहरुलाई दोस्रो बजारमा कारोबार गर्दा लगानीकर्ताले के-कस्ता विषयमा गल्तीहरु गर्छन ?, के-के कुरामा ध्यान दिनुपर्छ ?, विषयगत तथा प्राविधिक विश्लेषण कसरी गर्ने ? भन्ने विषयमा सुवासचन्द्र भट्टराईले प्रस्तुती दिएका थिए । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी