×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालीले अब भारतीय सीमकार्ड सहजै किन्न पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपालीले अब भारतीय सीमकार्ड सहजै किन्न पाउने

Artha Sarokar

८ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भारतमा रहेका नेपालीहरुले अब भारतीय सीमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले सामाजिक सञ्जाल एक्समार्फत अब नेपालीहरुले पनि भारतीय सीमकार्ड पाउने जानकारी दिएका हुन् ।

शर्माका अनुसार यसअघि प्राविधिक कारणले नेपालीहरुले भारतीय सीमकार्ड नपाउने भए पनि अब भने नेपालीहरुले पनि भारतीय सीमकार्ड किन्न पाउने भएका छन् ।

योसँगै अब नेपालीहरुले नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र लगायतका कागजातका आधारमा भारतीय सीमकार्ड किन्न सक्नेछन् ।

राजदुतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा भारतमा रहेका नेपालीहरुले नेपाली कागजातका आधारमा सीमकार्ड लिन पाउने निर्णय हुनु खुसीको कुरा भएको डा.शर्माले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी